इक्यानको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान सम्पन्न १४औँ साधरणसभामा पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

वर्तमान कार्यसमितिको कार्यकाल वैशाखसम्म भए पनि अली अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनलेखि २०७४ चैतसम्म अध्यक्ष थिए। महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिति सदस्य हुन्।

उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।

सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।

Advertisement

Advertisement

Advertisement