सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस र नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर

Advertisement

काठमाडौँ । सामसुङले सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको छ ।

सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लस मोबाइल एनआईसि एसिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/क्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ३००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले यो अफर एनआईसि एसिया कार्ड मेशिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुने बताए । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।

सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लस विशेषतः आफनो काम र जीवनबीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरी तयार गरिएको कम्पनीले जनाएको छ । यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको जनाइको छ ।

Advertisement

Advertisement

Advertisement