कम्युनिष्टहरुले प्रजातन्त्रका कुरा नगरे हुन्छः पौडेल

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जातियताका कुरा गर्दै हिँड्ने कम्युनिष्टहरुले प्रजातन्त्रका कुरा गर्न नसुहाउने तर्क गरेका छन् । नेपाल प्रेस युनियनको कार्यक्रममा मंगलबार उनले बहुदलीय जनवादका नाममा कम्युनिष्टहरुले जनतालाई भ्रम सिर्जना गर्दै आएको आरोप लगाए ।

कांग्रेस कमजोर हुँदै जाँदा प्रजातन्त्र विरोधीको हातमा मुलुक गएको भन्दै पौडेलले भने, ‘कम्युनिस्ट शक्तिले बहुदलसँग जोडेर बहुदलीय जनवाद भनेर जनतालाई भ्रममा पार्ने काम गर्दै आएका छन् । प्रजातान्त्रिक शक्तिको कमजोरीका कारण प्रजातन्त्र विरोधीको हातमा मुलुक गयो ।’

जातीयताका नाममा द्धन्द्ध सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्ने काम कम्युनिष्टहरुले गरेको पौडेलको तर्क छ । उनले भने,
‘हामी लोकतन्त्रका प्रत्येक अक्षर, धारामा कसरी त्यसकै लागि लड्यौं त्यसको इतिहास साक्षी छ, स्वतन्त्र न्यायपालिका लागि लड्नुपर्यो । प्रचण्ड, माधवजीहरुलाई प्रजातन्त्र किन चाहियो र ? उहाँहरु जातीय मुद्दामा बढी लड्नु भयो ।’

पौडेलले जनताका अधिकार कुण्ठित गरेर कानुन बनाउने प्रयास भइरहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रताका लागि नै आफूले जीवनभर लडेको अनुभव सुनाए । उनले कांग्रेस स्थापनादेखि नै लोकतन्त्र, स्वतन्त्रता र अभिव्यक्तिका लड्दै आएको बताउँदै लोकतन्त्र बचाउन प्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

Advertisement

Advertisement

Advertisement