खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, डिजेल/पेट्रोलको घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल/पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । यी तिनै पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने २५ रुपैयाँले बढाएको छ ।

निगमले पुस २० गते राती १२ बजेबाट लागु हुने गरि पेट्रोल र डिजल।मट्टितेलमा प्रति लिटर एक रुपैयाँले मूल्य घटाएको हो भने एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रति लिटर ११० रुपैयाँमा पाइनेछ भने डिजेल।मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने १३७५ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६.४० प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६.२७ प्रति लिटरले नेपालतर्फ अझै सस्तो कायम भएको निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement