महालक्ष्मी लाइफको नाफा १४२ प्रतिशतले बृद्धी, प्रिमियम पनि आक्रामक

Advertisement

काठमाडौं । कान्छो बीमा कम्पनीका रुपमा सेवा आरम्भ गरेको महालक्ष्मी लाइफले ३ महिनामै १४२ प्रतिशतले नाफा बढाएको छ । असोज मसान्त अवधीमा २ करोड १४ लाख नाफा कमाएको कम्पनीले पुस मसान्तमा ३ करोड ४ लाख अर्थात १४२ प्रतिशतले बृद्धी गरेको हो ।

कम्पनीले पुस मसान्त अवधीसम्ममा ५३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६ महिनामै २८ करोड ७२ लाख बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले ६ हजार ७ सय ६९ वटा बीमालेख जारी गरिसकेको छ ।

एक अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषको आकार ४२ करोड ३४ लाख पुगेको छ भने महाविपत्ति कोषमा ६४ लाख रुपैयाँ रहेको छ । दावी भुक्तानीको संख्या भने अझै शुन्य नै रहेको छ ।

ऋाक्रामक रुपमा बजार विस्तार गरिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफुलाई चाँडै एक नम्बरको बीमा कम्पनी बनाउने सिइओ रमेशकुमार भट्टराईले बताए ।

Advertisement

Advertisement