पर्यटकलाई रातिपनि सांस्कृतिक सम्पदा घुम्ने सुबिधा, ‘भ्याली बाइ नाइट’ कार्यक्रम शुरु

Advertisement

काठमाडौं । नागरिक उड्ययन तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर भ्याली बाइ नाइट सेवा संचालनमा ल्याउन शुरु गरिएको बताए । आइतबार पुरातत्व विभागमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले नेपाल घुम्न आउने पर्यटकलाई रातिको समयमा पनि दुश्य अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यले ‘भ्याली बाइ नाइट’ कार्यक्रम संचालनमा ल्याईएको बताएका हुन् ।

पर्यटनमन्त्री भट्टराईले उक्त कार्यक्रमको सुरुवात भक्तपुरबाट गरिएको बताए । उनले भने, ‘कतिपय नेपालमा घुम्न आउने पर्यटकलाई समयको अभाव हुँदा राति पनि घुमेर आनन्द लिउँ भन्ने हुन्छ । तर, नेपालको अवस्थामा हेर्दा बत्तिको अभावले घुम्ने इच्छा र समयको पावन्धिलाई मध्यनजर गर्दा पनि सहज भइरहेको थिएन । यसर्थ, अबबाट रातिको समयमा पनि घुम्न र दृश्य अवलोकन गर्न सहज होस् भनेर यो व्यवस्थाको सुरुवात भक्तपुरबाट गरिएको हो ।’ अब यहि कार्यक्रम हनुमानढोका, बसन्तपुर र ललितपुरको पाटनमा पनि संचालन गरिने उनले बताए ।

ती क्षेत्रहरूमा लाइट जडान गरेर रातीको समयमा पनि पर्यटकलाई घुम्न र रम्न सकिने बनाउन लागिएको हो । यसैलाई ‘भ्याली बाइ नाइट’ नाम दिइएको हो । कार्यक्रमममा मन्त्री भट्टराईले नेपाल प्राकृतिक रुपमा सुरक्षित तथा विभिन्न रोग नफैलिएको कारणले पनि घुम्नका लागि पर्यटकको पहिलो रोजाइमा पर्ने बताए ।

विशेष गरेर पशुपतिनाथ क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा लाइट जडान गरेर झलमल्ल बनाइने छ । पर्यटकले जुन सुकै समयमा एक ठाउँमा गए पछि कम्तीमा दुई घण्टा बस्ने वातावरण हुने गरी योजना बनाइएको छ । पाटन दरबार क्षेत्रमा ९ र भक्तपुर दरबार क्षेत्रमा ११ स्थानमा बत्ती राख्ने तयारी गरिएको छ ।

उक्त पत्रकार सम्मेलनमा  २०७२ सात बैशाख १२ गते गएको भुकम्पले क्षती पुगेका सम्पदाको पूननिर्माणको काम हालसम्ममा ६० प्रतिशत सक्किसकेको र ४० प्रतिशत निर्माण कार्य बाँकी रहेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले दुई वर्ष भित्रमा पूननिर्माणको सम्पुर्ण कार्य सकिने बताए । हालै ९२० वटा क्षती पुगेको भवनमध्य ४०० वटाको र्का सम्पन्न भइसककेको पुरातत्व विभागका महानिर्देशक गौतमले बताए ।

कार्यक्रममा भुकम्पबाट क्षतीग्रस्त भएका विश्व सम्पदाहरुको पूननिर्माण तथा तिलौराकोट कपिलवस्तु उत्खनन् विषयक छलफलमा तिलौराकोट, कपिलवस्तुमा प्राचिनकालमा राजधानी भएको इतिहास फेला परेको जानकारी दिइयो । उक्त क्षेत्रमा मानीसहरुले थिचोमिचो गरेको पाइएमा सरकारले जग्गा अधिग्रहण गर्ने तथा आवश्यक परेमा कडा कारवाही गर्ने जानकारी दिइयो ।

Advertisement

Advertisement

Advertisement