सिटिजन्स लाइफको बीमा शुल्क तीन महिनामै १४२.४२ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामै बीमा शुल्क १४२.४२ प्रतिशतले वृद्धि गरेको छ ।  सिटिजन्सले पुस मसान्त अवधीमा ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जबकी असोज मसान्त अवधीमा त्यस्तो बीमा शुल्क जम्मा ३३ करोड रुपैयाँ मात्रै थियो । ३ महिनामा कम्पनीले ४७ करोडले प्रिमियम वृद्धि गरेको हो ।

कम्पनीको बीमित संख्या एक लाख १३ हजार ४ सय ५३ वटा पुगेको छ । कम्पनीले पुस मसान्त अवधीमा १० करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । गत आवको सोही अवधीमा त्यस्तो नाफा जम्मा ७ करोड रुपैयाँ मात्रै थियो । बीमांकीय मूल्यांकन नगरि कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार ५७ वटा दावी वापत ५ करोड २९ लाख रुपैयाँ भुक्तानी पनि गरिसकेको छ ।

एक अर्ब ७५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको कम्पनीले महाविपत्ति कोषमा ४ करोड ५१ लख रुपैयाँ जम्मा गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये एग्रेसिभ बजारीकरणमा ध्यान दिईरहेको सिटिजन्स लाइफले बीमा क्षेत्रका लागि नयाँ नयाँ बिशेषतासहितको प्रडक्ट उपलब्ध गराईरहेको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल बताउँछन् ।

Advertisement

Advertisement