सियाराम समूहको ओक्सेम्बर्ग अब नेपालमा, सिभिल मलमा खुल्यो आउटलेट

Advertisement

काठमाडौँ । विश्वमै सुपरिचत तथा विश्वनीय भारतीय कम्पनी सियाराम समूहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा फागुन १ गतेदेखि खुलेको छ ।

सिभिल मलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान पनि यसको स्टोरहरु खुलिसकेका छन् । सिभिलमलकमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन् । यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान हुने पक्का छ ।

आफ्ना सम्भावित ग्राहकहरुसम्म आफ्ना पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समूहसँग सहकार्य गरेको छ ।

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ईपी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ । हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर अद्वितिय ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं ।’

स्टोरको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्घाटन गरेको थिए । उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । ‘ओक्सेम्बर्र्गको विशेषता भनेकै उचित मूल्यमा पुरुष लुगाको फेशनको उपलब्धता हो । ब्राण्डको लक्ष्य भनेकै आजको युवाको जीवनशैलीसँग मेल खाने गरी उनीहरुको चाहना र सोच बमोजिमका नयाँ उत्पादनहरु बजारमा ल्याउनु हो,’ ड्यानियलले भने ।

Advertisement

Advertisement

Advertisement