जन्मदिन मनाउने भन्दै मुख्यमन्त्रीले गरे कार्यालयमै रक्सीसहितको भोज

Advertisement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।

नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको छ । उनको उक्त कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको छ। गुरुङका कतिपय आलोचकले उनलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको समाचार नेपाल समाचारपत्र दैनिकले प्रकाशित गरेको छ ।

साथै, कर्पोरेट नेपालसँगको कुराकानीका पूर्वसचिव भीम उपाध्यायले कार्यालयमै बसेर मदिरा सेवन गर्नु, त्यो पनि मुख्यमन्त्री जस्तो व्यक्तिले, नैतिकहिन र गेरकानुनी कार्य हो भन्दै यस्तो प्रवृत्तिको विरोध जरुरी रहेको बताए । सत्तामा बसेका हामीले जे गर्दा पनि हुन्छ भनेर पेलेर मुख्यमन्त्रीले कार्यालयमा रक्सीसहितको पार्टी गरेको उपाध्यायले बताए ।

Advertisement

Advertisement

Advertisement