भरतपुरमा ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै, ‘पोल्ट्री पाठशाला’ पनि सञ्चालन गरिने

Advertisement

काठमाडौँ । चितवन एक्स्पो सेन्टर भरतपुरमा फागुन १६–१८ गतेसम्म नेपालकै सबैभन्दा ठूलो ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ हुने भएको छ । नेपाल पोल्ट्री महासंघको आयोजना तथा मिडिया स्पेस सोलुसन प्रालि र फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रालिको सहकार्यमा उक्त प्रदर्शनी हुन लागेको हो ।

नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायत पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धमा सहयोग हुने उद्देश्यले प्रदर्शनी गर्न लागिएको नेपाल पोल्ट्री व्यवसायी संघका महासचिव दिनेशराज मिश्रले बताए ।

नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानहरु लगायतका प्रत्यक्ष संलग्नतामा रहेन उक्त प्रदर्शनीमा २ सय भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुको नविनतम प्रविधिहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने पोल्ट्री पाठशाला सेमिनारको समेत आयोजना गरिने महासंघका महासचिव मिश्रले बताए ।

प्रदर्शनीमा नेपाली कृषकहरु, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ लगाउत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायतका देशहरुबाट पोल्ट्री कम्पनीहरुको सहभागिता रहने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement