सामसङको एक्सचेञ्ज सुबिधा, पुरानो फोनको उचित मूल्याङ्कनपछि पाइन्छ नयाँ स्मार्ट फोन

Advertisement

काठमाडौँ । सामसङ मोबाईलको लागि आधिकारिक विक्रेता आइएएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसङ एक्सचेञ्जको सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्, साथै यस सुविधा मार्फत सामसङ स्मार्टफोन एक्सचेञ्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ । साथै एक्सचेञ्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसङ स्मार्टफोनको सट्टामा नयाँस्मार्टफोन छनौट गर्न सक्नेछन् ।

तत्काल न्यूरोड, पाको, काठमाडौं, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं, पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं, अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर, शेर्पामल, दरवारमार्ग, काठमाडौं र पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौंमा यो सुबिधा पाइने छ । कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement