प्रभु बैंक र देवः विकास बैंकको शेयर संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको शेयर कति ?

Advertisement

काठमाडौँ । प्रभु बैंक र कुमारी बैंकसँग गाभिने प्रकृयामा रहेका देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।

साधारण शेयरमा रुपान्तरण भएको ती दुई वित्तीय संस्थाको उक्त शेयर बिहीबार नेपाल स्टक एक्चेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

प्रभु बैंकको ४१ लाख २६ हजार २ सय ६.१३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो ।

त्यसैगरी देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो ।

संस्थापक शेयर सर्वासाधारणमा रुपान्तरणसंगै प्रभु बैंकको शेयर संरचना संस्थापकको ५१ र सर्वधारणको ४९ प्रतिशत भएको छ । त्यसैगरी देवः विकास बैंकमा शेयर संरचना संस्थापकको ५१.५० प्रतिशत र सर्बसाधारणको ४८.५० प्रतिशत भएको छ ।

प्रभु बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ भने देवः को तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement