नेकमा आर्किटेक्चर डिजाइनमा अवधारणा विकास विषयक कार्यशाला

Advertisement

काठमाडौ । आर्किटेक्चरको सही प्रयोगको लागि डिजाइनमा अवधारणा विकास गराउने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण भक्तपुरमा एकदिने कार्यशाला सम्पन्न भएको छ ।

प्रारम्भमा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले कार्यशालाको महत्ववारे प्रकाश पारेका थिए । सहायक प्राध्यापक इ. मोहनध्वज केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कलेजको आर्किटेक्चर विभागका प्रमुख आ. न्हसला सायमीले तेस्रो वर्षका विद्यार्थीहरूलाई कार्यशालाको अभिमुखिकरण गरेका थिए ।

ए फर आर्किटेक्चर(एएफए) नामक संस्थाका संस्थापक आ. प्रजल प्रधान कार्यशालाको प्रमुख स्रोतव्यक्ति थिए । प्रधानले विद्यार्थीहरूलाई सिप सिकाएपछि ती विद्यार्थीहरूले एउटा प्राथमिक विद्यालयको डिजाइन तयार पारेका थिए । आर्किटेक्चर सम्वन्धी पत्रिका स्पेसकातर्फबाट अनु राजवंशीले कार्यशालाको अनुगमन तथा रेकर्डिङ गरेकी थिइन् ।

उक्त कार्यशालामा आवस्यकता पहिचान तथा स्थलगत अध्ययन‚ केश स्टडी र अवधारणा विकाससमेत गरी तीन चरणमा सम्पन्न गरिएको थियो । उत्साहित विद्यार्थीहरूले उक्त कार्यशालाबाट आफुहरूले धेरै व्यवहारिक सिप सिकेको प्रतिकृया दिएका थिए । कार्यशालाले शैक्षिक संस्था‚ विषयगत उद्योग तथा पत्रकारिता बीच सहयोग र सद्भावको पनि विकास भएको भाग लिएका सवैले महसुस गरेका थिए ।

Advertisement

Advertisement

Advertisement