दुई बीमा कम्पनीले मागे कर्मचारी, कहिलेसम्म कहाँ दिने आवेदन ?

Advertisement

काठमाडौँ । दुई बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । नेको इन्स्योरेन्स कम्पनी र नेशनल फाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेका हुन् ।

नेको इन्स्योरेन्सले म्यानेजर/असिस्टेन्ट म्यानेजर १ जना, सीए २ जना, सिनियर अफिसर २ जना, मार्केटिङ असिस्टेन्ट १५ जना र जेटीए ४ जना गरी २५ जना कर्मचारी माग गरेको हो ।

सम्बन्धित पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विहीबारदेखि १५ दिन भित्र इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले सूचना प्रकाशित गरी जनाएको छ ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले प्रदेश प्रमुख केही, ब्रान्च इन्चार्ज केही र ट्रेनी असिस्टेन्ट केही संख्यामा माग गरेको छ । काठमाडौँ उपत्यका भित्र र बाहिरका लागि कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित पदमा योग्यता पुगेका व्यक्तिहरुले बिहीबारदेखि ७ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement