व्यवसायीले भने- ‘बजारमा कुनै सामाग्रीको अभाव छैन, चाहिने भन्दा बढी नकिन्नू’

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्समा मंगलबार बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्य सचिव यादव कोइरालाको प्रमुख आतिथ्यतामा कोराना भाइरस (कोभिड १९)का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्तरक्रिया भएको छ ।

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरुका सहज आपुर्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै यस प्रकोपबाट सुरक्षात्मक उपायहरु अवलम्बन गर्न समेत सबै पक्षसँग चेम्बरले अनुरोध गरेको छ ।

कार्यक्रममा व्यवसायीहरुले बजारमा सबै सामग्रीहरु पर्याप्त मात्रामा रहेको छ । त्यसैले हल्लाको पछि लागेर आपूmलाई चाहिने भन्दा बढी सामान किनेर राख्नु हुदैंन । यसले बजारमा अभाव सिर्जना गर्ने काम मात्र गरिरहेको हुन्छ । त्यसैले गर्दा उपभोक्ताले आपूmलाई जति सामान चाहिन्छ, त्यति मात्रै किन्नु पर्छ । यदि यस्तो गरिएन भने बजारमा कालोबजारीलाई बढाउने काम गर्छ । त्यसैले यसलाई रोक्नु पर्छ– कार्यक्रममा व्यवसायीहरुले भने ।

बजारमा पाँच छ महिनाको लागि पुग्ने सामाग्रीहरु जस्तै खाद्यन्न, औषधी, चिनी, नुन लगायतका रहेको छ । ग्यास, पेट्रलियम पदार्थ एक महिनाको लागि पुग्ने छ र आयातमा कुनै किसिमको अवरोध आइरहेको छैन । अहिले कोराना भाइरस (कोभिड १९)को हल्लाले गर्दा समस्या भइरहेको व्यवसायीहरुले बताए ।

कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, आपूर्ति व्यवस्थापन समितिका सभापति देवेन्द्रभक्त श्रेष्ठ, साल्ट टे«डिङका महाप्रबन्धक उर्मिला श्रेष्ठ, नेपाल ग्यास वितरक संघका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ, बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल, स्वास्थ्य सचिव यादव कोइराला, एलपी ग्यासका अध्यक्ष गोकुल भण्डारी, नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल औषधी उत्पादन संघका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, नेपाल वितरक संघका अध्यक्ष राजेन सिम्खडा, फलफूल व्यापार संघका अध्यक्ष अमर वानियाँ, नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भटराई, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका नेत्रप्रसाद सुवेदीको उपस्थिति थियो ।

त्यसैगरी नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, खाद्यान्न र खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य, जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्य, रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरे, औषधी उत्पादन संघका पूर्व अध्यक्ष शंकर घिमिरे र नेपाल एलपी ग्यासका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement