सामसङका ग्यालेक्सी ए७१ र ए५१ नेपाली बजारमा, यस्तो मूल्य, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा ल्याएको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ ।

ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी–ओ डिस्प्ले रहेका छन् ।

ग्यालेक्सी ए को पोर्टफोलियोमा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ लाई समावेश गर्न पाउँदा उत्साहित भएको सामसङ मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापितले बताए ।

ए५१ र ए७१ प्रिज्म क्रस ब्लाक, ह्वाइट र ब्लू रंगको पेस्टल शेडहरूमा आउँदछ । ग्यालक्सी ए७१ का लागि रु. ४९,९९९र– र ग्यालक्सी ए५१ का लागि रु ३८,३९९र( मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement