गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनले दियो २ लाख

Advertisement

काठमाडौँ । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रालिले रु. २ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले उक्त रकम गोरखा बौद्ध समूहका अध्यक्ष विष्णुबहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका स्व. श्रेष्ठको नाममा उहाँका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement