कोलम्बियामा कारागार तोड्न खोज्दा २३ को मृत्यु, ८३ जना घाइते

Advertisement

बोगोटा । कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गारिता क्याबोलोले आइतबार बताए ।

‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ । ’ क्याबोलोले बताउनु भएको छ ।

जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन् । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताए ।

शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दङ्गा फैलिएको र कोरोना भाइरसको सङ्क्रमणको कारण जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताए । त्यहाँबाट कोही पनि भाग्न नसकेका एउटा आपराधिक योजना असफल भएको मन्त्रीले जानकारी दिए ।

जेलमा कोरोना भाइरस सम्बन्धि कुनै समस्या नभएको र हालसम्म सङ्क्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताए । कैदी प्रशासक वा गार्ड कोहि पनि भाइरस सङ्क्रमणको कारण छुट्टिएर नबसेको उले बताए ।रासस/सिन्ह्वा

Advertisement

Advertisement

Advertisement