कोरोना संक्रमित पाँचौं व्यक्ति भेटियो, बेल्जियमबाट आएकी युवतीमा संक्रमण

Advertisement

काठमाडौं । नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्ति फेला परेका छन् । बेल्जियमबाट आएकी बागलुङकी २२ बर्षीया एक युवतीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

ती युवती कतार एयरवेजमार्फत नेपाल आएकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन् ।

यसअघि भेटिएकी १९ बर्षीया युवतीसँगै बागलुङकी युवती एउटै विमानबाट नेपाल आएका थिए । उनीहरु फ्रान्सबाट कतार हुँदै नेपाल आएको जनाइएको छ । फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि १९ बर्षीया युवती चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । चैत १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै सरकारले एक हप्ताका लागि नेपाललाई लकडाउन गर्ने निर्णय गरेको थियो ।

Advertisement

Advertisement