'लकडाउन' अवधिमा कृषि विकास बैंकका कुन शाखा कहिले खुल्छ ? (हेर्नुहोस सूची)

Advertisement

काठमाडौं । कृषि विकास बैंकले लक डाउनको अवधी अर्थात चैत १८ गतेदेखि २५ गतेसम्म देशभर खुल्ला रहने आफ्ना कार्यालयहरुको सूचि सार्वजनिक गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले नागरिकलाई असहजत परिस्थितिमा पनि वित्तिय सेवा उपलब्ध गराउन बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर दैनिक ७० वटा भन्दा बढी शाखा सञ्चालन गर्ने बताए ।

‘यो जनताको घर आँगनको बैंक हो, हामीले आफ्ना सेवा ग्राहीलाई सहज ढंगले सेवा दिनुपर्छ, दैनिक औषत ७० वटा भन्दा बढी शाखा खोलेर बैंकिङ सेवा दिईरहेका छौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कर्पाेरेट नेपालसँग भने ।  उनले बैंकले प्रदान गरिरहेको सेवाको अगुमन गर्न आफुसँगै डिजिएम प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, धुर्वचन्द्र गौतम र दिर्घ बहादुर अर्याल र प्रदेश प्रमुखहरुलाई समेत खटाईरहेका छन् ।

उपाध्याका अनुसार चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६ वटा कार्यालय खुल्नेछन् । चैत २१ गते देशभरका ७३ वटा शाखा खुल्दा २२ गते ८० वटा शाखा सञ्चालनमा आउनेछन् । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा सञ्चालन हुनेछन् ।

‘हामीले सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ उपयोग गर्न अनुरोध गरिरहेका छौं, त्यसका बाहेक सिमित अवधी शाखा खोलेर निक्षेप राख्ने र झिक्नेसहितका सेवा दिने हो’, सिइओ उपाध्यायले भने ।

बैंकले प्रदेश अनुसार हरेक दिन निश्चित शाखा खोल्नेछ । लक डाउन अवधीभर प्रदेश १ मा हरेक दिन १९ शाखा खुल्ला हुनेछन् भने प्रदेश २ मा १८ वटा शाखा सञ्चालन हुनेछ । बागमतिमा ११ शाखासहित चितवन अन्तर्गत ८ वटा शाखा खुल्छन् ।
adbl_donate

त्यस्तै, गण्डकी प्रदेशमा १० वटा खुल्नेछन् । प्रदेश ५ मा भने १२ वटा शाखाबाट हरेक दिन सेवा प्रवाह गरिनेछ ।
कर्णाली प्रदेशमा १३ वटा शाखासहित नेपालगञ्ज सम्पर्क कार्यालयबाट १३ वटा शाखा खुल्नेछन् । सुदुरपश्चिम प्रदेशमा भने दैनिक १२ वटा शाखा खुल्नेछन् ।

१५ लाख भन्दा ठूलो ग्राहक आधार रहेको बैंकले कृषिलाई उच्च प्राथमिकतामा राख्दै सबै प्रकारका वित्तिय सेवा दिँदै आएको छ ।  बैंकले केन्द्र सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा खडा गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरिसकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement