राष्ट्र बैंकका नयाँ गभर्नरले आज सपथ लिंदै, सपथग्रहण ११.३० बजे

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका १७ औँ गभर्नरका रुपमा नियुक्त महाप्रसाद अधिकारीको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ । एक विशेष समारोहका बीच गभर्नर अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट सपथ लिने कार्यक्रम रहेको छ ।

अधिकारीलाई हिजो बसेको मन्त्री परिषद् बैठकले गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । गभर्नर नियुक्ति पछि उनले कोरोनाको कारण समस्यामा परेको अर्थतन्त्र उकास्नको लागि ल्याउने प्याकेजमा आफू केन्द्रीत हुने प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीले अब ५ वर्ष राष्ट्र बैंक हाक्ने छन् ।

Advertisement

Advertisement

Advertisement