नेप्सेमा चार अर्ब ६९ करोड कित्ता शेयर सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा गत फागुन मसान्तसम्ममा चार अर्ब ६९ करोड कित्ता शेयर सूचीकृत रहेको छ । सो सूचीकृत शेयरको चुक्ता मूल्य रु. ४५९ अर्ब ४९ करोड रहेको छ ।

यस्तै चालु आवको आठ महिनामा रु २५ अर्ब ५५ करोड बराबरको शेयर लाभांश, रु २१ अर्ब ४६ करोड बराबरको ऋणपत्र रु १२ अर्ब १६ करोड बराबरको साधारण शेयर, रु पाँच अर्ब ७५ करोड बराबरको सामूहिक लगानी कोष रु चार अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रु ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रु ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

सो अवधिमा नेपाल धितोपत्र बोर्डले रु २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र रु चार अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु दुई अर्ब ७५ करोडको साधारण शेयर र रु एक अर्बको सामूहिक लगानी कोष गरी रु २९ अर्ब ६२ करोडबराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । रासस

Advertisement

Advertisement

Advertisement