'लकडाउन' लम्ब्याउने वा मोडालिटी फर्ने ? विषयमा आजैै साँझ मन्त्रिपरिषद बैठक बस्ने

Advertisement

काठमाडौं । लकडाउन लम्ब्याउने वा मोडालिटी फेर्ने विषयमा आइतबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । लकडाउन लम्बिँदा दैनिक जनजीवन कष्टकर भएको भन्दै लकडाउनको मोडालिटी फेर्न दबाब बढिरहेको बेला मन्त्रिपरिषद बैठक बसेर छलफल गर्न लागेको हो ।

इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले एक हप्ता लकडाउन लम्ब्याउन सुझाव दिए पनि लकडाउन खुकुलो बनाउन चौतर्फी दबाब बढेको छ । तर भारतमा लकडाउन लम्बिएको र कोरोना संक्रमतिको संख्या पनि थपिएका कारण नेपालको सरकारी पक्षले लकडाउन खुकुलो बनाउन आनाकानी गरिरहेको छ ।

सामान्यतया सोमबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने गरे पनि लकडाउनको विषयमा छलफल गर्न आजै बस्न लागेको प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन् । सुरुमा बैठक दिउसो २ बजे बस्ने भनिए पनि प्रधानमन्त्री केपी ओलीको व्यवस्तताले पछि साँझ ५ बजेलाई समय तोकिएको छ। सरकारले यसअघि लम्ब्याएको लकडाउनको समय सोमबार सकिँदै छ । उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान आउँदो जेठ २ गतेसम्मलाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement