लकडाउन खुकुलो पार्न र बैंकको ब्याज तिर्ने समय ६ महिना थप गर्न नाडाको माग (विज्ञप्तिसहित)

Advertisement

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियशनले व्यवसाय संरक्षणको लागि बैंकको ब्याज तिर्ने समय ६ महिनासम्म थप गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नाडाका महासचिव सुनिल रिजालले आज विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

लकडाउन खुकुलो बनाउँदा अटोमोबाइल सर्विस सेन्टरलाई पहिलो प्राथमिकता दिनु पर्ने, आउने ६ महिनासम्म बैंकका ब्याज ५ प्रतिशत मात्र लिने व्यवस्था गर्नु पर्ने, भ्याटको रकम बुझाउने समय बैशाख २५ गतेबाट बढाएर जेठ २५ गतेसम्म पुर्याउनु पर्ने, आयकर बुझाउनु पर्ने समय थप गर्नु पर्ने÷जरिवान लिन नपाउने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने समय असार मसान्तसम्म सार्नु पर्ने माग गरिएको छ ।

त्यसैगरी अटोमोबाल्स क्षेत्रमा कार्यरत कर्मचारीलाई दिने तलबबारे ठोस् निर्णय गर्न, भन्सारमा लाग्ने डेमरेज चार्ज मिनाह हुनु पर्ने र भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा कन्टेनरहरुको डिटेन्सन चार्ज पूर्ण रुपमा मिनाहा हुनु पर्ने माग पनि विज्ञप्ति मार्फत गरिएको छ ।



Advertisement

Advertisement