एमजि मोटर्सको ईभी ग्राहकहरुका लागि ईभी चार्जिङ एप सार्वजनिक

Advertisement

काठमाडौँ । एमजिको नेपालको लागि आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । 

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ शुल्क ‘खल्ती एप’मार्फत भुक्तानी हुने भएकोले ग्राहकको मोवाइलमा उक्त एप अनिवार्य डाउनलोड गर्नुपर्ने हुन्छ । 

Advertisement

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्याउने छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।  

साथै, यस एप अन्तर्गतको आरएफआईडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित पाँच सय रुपियाँको वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । 

साथै, यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । एमजी आरएफआईडी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् । आरएफआईडी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन् । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन् । 
पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ । प्रतियुनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement