गभर्नरको अधिकांश सम्पति श्रीमतीको नाममा, ८९ लाखको टोयोटा कार, १० ठाउँमा जमिन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा ३२(४) अनुसार गभर्नर अधिकारीले सम्पति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरण अनुसार गभर्नर अधिकारीको अधिकांश सम्पति उनकी श्रीमति सरिता अधिकारीको नाममा देखिन्छ ।  अधिकारी परिवारसँग २७ तोला सुन रहेको छ भने ८९ लाख मूल्य बराबरको टोयोटा कार रहेको छ । त्यस बाहेक अन्य २ वटा मोटरसाइकल पनि छ । अधिकारीसँग बिभिन्न जिल्लाका १० ठाउामा जमिन रहेको छ ।

उनीसँग १८ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । उनले मध्यतमोर जलविद्युत आयोजनालाई सेयर इन एडभान्स वापत ५० लाख रुपैयाँ ऋण दिएका छन् भने आफ्ना हितौसी निर्मल र केशबलाई ९ लाख रुपैयाँ ऋण दिएका छन् ।
२ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ । उनीसँग नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा लगायतका बैंक तथा वित्तिय संस्थाहरुमा सेयर रहेको छ ।

Advertisement

Advertisement

Advertisement