अर्को हप्ताबाट भारतमा आन्तरिक उडान सुरु, नेपाल अन्योल कायमै

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन लम्बिएसँगै आम जनजीवन र समग्र अर्थतन्त्रमा गहिरो प्रभाव पर्न थालेपछि भारतले लकडाउन खुकुलो बनाउँदै गएको छ । यसअघि नै रेल र यातायात सेवा सञ्चालनमा ल्याएको भारतले अर्को साताबाट आन्तरिक उडानहरु सुरु गर्ने तयारी गरेको छ ।

तर नेपालमा भने लकडाउन खुकुलो बनाउने भन्दा पनि कडाई गर्दै लगिएको छ । कोरोना भाइरसका संक्रमितहरु वृद्धि हुने द बढेपछि सरकारले अन्य विकल्पलाई छोडेर लकडाउनलाई नै कडाई गर्ने उपाय रोजेको छ । सार्वजनिक यातायात सेवा ठप्प छ भने निजीमा अत्यावश्यकलाई मात्रै पास दिएर न्यून मात्रै सञ्चालन गर्न दिइएको छ भने हवाई सेवा सञ्चालन गर्न दिने कुरामा पनि सरकार अन्योलमै देखिन्छ ।

भारतले आउँदो सोमबाट आन्तरिक उडान सञ्चालन गर्न लागेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् । उनले सुरक्षाका विधिहरुलाई अपनाएर उडान सञ्चालन गरिने बताएका छन् । यद्यपि भारतमा आउँदो मे ३१ सम्म लकडाउन लागू गरिएको छ । राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो बनाइएको छ ।

भारतलाई हेरेर नेपालमा लकडाउन लम्ब्याउँदै आएको सरकारले भारतमा आन्तरिक उडान सुरु भएसँगै नेपालमा पनि सुरु गर्नसक्ने नेपालका उड्डयन व्यवसायीको आशा छ । दैनिक करिव पाँच करोड रुपियाँको नोक्सानी भोग्दै आएका नेपालकै २० वटा उड्डयन सेवा प्रदायक कम्पनीहरु लकडाउन खुकुलो बनाउनुपर्ने पक्षमा देखिन्छन् ।

कोरोना रोक्ने नाममा विकल्प नखोजी लकडाउन मात्रै लम्ब्याउँदै यसले मानिसहरुको दैनिक जीवन, मानसिक ्रप्रभाव र समग्र अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने र मानिसहरु भोकले गर्नसक्ने अवस्था आउने चेतावनी दिँदै आएका छन् । त्यसमा खर्चिलो र तुलनात्मकरुपमा थोरै नाफामा सञ्चालन हुने हवाई सेवाहरु बन्द हुँदा नेपालको उड्डयन उद्योग ठूलो समस्यामा परेको छ ।

नेपाल वायुसेवा निगमको सहित ५८ वटा साना ठूला जहाज र ३४ वटा हेलिकप्टर चल्न सकेका छैनन् । जसका छ हजार भन्दा बढि कर्मचारी निष्क्रिय भएका छन् भने मासिक झण्डै दुई अर्बको कारोबार केही करोडमा मात्रै सीमित भएको वायुसेवा सञ्चालक संघले बताउँदै आएको छ । केही एयरलाइन्सहरु मेडिकल तथा खाद्य सामग्री ओसार्ने विदेशीहरुलाई पुर्याउन चार्टर्ड उडानमा सीमित भइहेका छन् ।

निजी वायुसेवा सञ्चालकहरुले उड्डयन क्षेत्रमा आफूहरुको झण्डै एक खर्ब रुपियाँ लगानी रहेको बताउँदै आएका छन् । उनीहरु सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर सेवा दिन तयार रहे पनि सरकार त्यसमा सकारात्मक हुन नसकेको बताउँदै आएका छन् । हवाई उडानबाट विश्वभर कोरोना संक्रमण बढेको देखिएकाले पनि सकारले उडान सेवा सञ्चालन गर्न आँट गरेको छैन् ।

Advertisement

Advertisement

Advertisement