ग्रील तथा स्टील ब्यवसायी महासंघले कोरोना बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने

Advertisement

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ग्रील उद्योगहरुमा कोरोना बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसैक्रममा कोरोनाको संक्रमणबाट सुरक्षित रहेर उधोगहरु सञ्चालन गर्न र सम्भाबित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने बिषयमा महासंघ र स्वीटजरल्याण्ड सरकार तथा नेपाल सरकारको दुईपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागी शिप परियोजना (ईन्स्योर प्रोजेक्ट)बीच छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

बिश्व ब्यापीरुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहन गरिएको लकडाउनको कारण सबै ग्रील उधोगहरु बन्द रहँदा यो क्षेत्रले ठुलो नोक्सानी ब्यहोर्नु पर्नुका साथै देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उधोगमा संलग्न एक लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेर श्रमिकहरु भोकभोकैं बस्नु पर्ने अवस्था श्रृजना भएको थियो । यसरी लामो समयसम्म उद्योगहरु बन्द रहिरहने हो भने थप संकट निम्तीन सक्ने हुँदा अब उद्योगहरु क्रमश सञ्चालन हुन थालेको महासंघले जनाएको छ ।

उक्त छलफलमा ग्रील उधोगलाई सुरक्षित कार्यस्थलको रुपमा रुपान्तरण गरि सञ्चाल गर्ने बिषयमा स्वास्थ बिज्ञ डा. लिला पौडेलले कोरोना संक्रमणबाट बच्ने उपाय ं र ब्यवसायजन्य स्वास्थ तथा सुरक्षा बिज्ञहरु दिनेशप्रसाद शाहले कोरोना संक्रमणबाट कसरी सुरक्षित भएर उधोग सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा बृत चित्र सहित जानकारी गराएका थिए ।

कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघका मोहन कटुवालले महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न लगाईएको लकडाउन खुलेपछि उद्योग ब्यवसाय सचालन गर्न ठुलो चुनौती रहेको अवस्थामा ग्रील उधोगमा प्रयोग हुने तथा उधोगबाट उत्पादित ग्रील जन्य फलाममा कोरेनाको संक्रकण बढी समय सम्म रहने हुदा यसको जोखिम बढी हुनुका साथै मानव बस्ती एवम् ठूला भवन, आयोजना, परियोजना , अर्पाटमेन्ट र सहरमा गएर फलामको काम गर्नु पर्ने भएकोले सुरक्षित भएर काम गर्नुको बिकल्प नरहेको र यस उद्योगमा बिषेश गरि कोरोनाका जोखिम रहेको क्षेत्र तराईका तथा छिमेकी मुलुक भारतका कामदारहरु बढी कार्यरत रहेको हुँदा उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनु पर्ने र सुरक्षित रहेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएको हुंदा यो सचेतना कार्यक्रमलाई देशब्यापी रुपमा सञ्चालन गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागी स्वीटजरल्याण्डको राजदुताबासका बरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारीले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपबाट सुरक्षित भई काम गर्न गराउन यस किसिमको सचेतना कार्यक्रमले सहयोग पुग्ने भएकोले ग्रील उधोग लगायत अन्य ब्यवसाय प्रतिष्ठानमा समेत सहकार्य गरी सञ्चालन गर्न आफुले सक्दो सहयोग गर्ने बताएका थिए । सिटिईभिटी, हेलबेटास र ईन्स्योर प्रोजेक्टका प्रतिनिधि, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय पदाधिकारी, प्रदेश संयोजकहरु जिल्ला प्रतिनिधिहरुले जिज्ञासा तथा सुझाबहरु राखेका थिए ।

Advertisement

Advertisement