मर्मतको लागि इजरायल गएको वाइडबडी जहाज नफर्किएपछि छानविन गर्न उपसमिति गठन

Advertisement

काठमाडौं । नेपाल वायूसेवा निगमको नाइनएन–एकेएक्स साइनको वाइडबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन गर्न उपसमिति गठन गरिएको छ । 

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य क्याप्टेन सुधीरशम्शेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति बनाइएको हो । 

Advertisement

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डष्ट्रि– आईएईमा मर्मत गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवम् अध्ययन गरी १५ दिनभित्र राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । 

निगम र आईएआईबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्नु भनी २०८० फागुन २२ मा सीएएम डिपार्टमेन्टलाई आदेश दिएको हो । यस विषयमा गत वैशाख १७ गते बसेको निगम कार्यकारी समितिले दिएको आदेशबमोजिम पहिलेको इन्जिन भी२५०० एस–एन भी१७६७२ मर्मतमा भएको ढिलाई र अर्को इन्जिन भी२५०० एस–एन भी१७६७९ ब्रेकडाउन पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न सीएएम डिपार्टमेन्टले काम अघि बढाउने भनी निर्णय भएबमोजिम आवश्यक कार्य प्रारम्भ समेत भसकेको जनाइएको छ । 

Advertisement

Advertisement