रौतहटका १८ स्थानीय तहलाई ५ अर्ब ४९ करोड बजेट, सबै भन्दा धेरै चन्द्रपुरमा

Advertisement

काठमाडौं । रौतहटका १८ वटा स्थानीय तहहरुले संघीय सरकारबाट ५ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ बजेट पाएका छन् । जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाका लागि संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदानका लागि साढे पाँच अर्ब रकम विनियोजन गरेको हो ।

१६ नगरपालिकामध्ये चन्द्रपुर नगरपालिकाले सर्वाधिक बजेट पाएको छ । चन्द्रपुरले ५३ करोड ८३ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । नगरपालिका तर्फ थोरै रकम पाउनेमा भने राजपुर नगरपालिका परेको छ । राजपुरले जम्मा २५ करोड ३२ लाख रुपैँया बजेट पाएको छ । चन्दद्रपुर नगरपालिका रौतहटकै सबै भन्दा ठूलो नगरपालिका पनि हो ।

दुर्गाभगवति गाउँपालिकाले २२ करोड ६० लाख बजेट पाउँदा यमुनामाई गाउँपालिकाले २२ करोड ३७ लाख रुपैँया बजेट पाएको छ ।

Advertisement

Advertisement

Advertisement