तीन जिल्लाका सीडीओलाई चेम्बर अध्यक्षको सुझाव-‘आर्थिक क्षेत्रलाई चलायमान बनाऔँ’

,   २२ जेष्ठ २०७७, बिहीबार, ०५:२० pm   

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षाका उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान गर्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष श्रेष्ठले तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग आज भेट गरी कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीसित भेट गरेर उक्त सुझाव दिएका हुन् ।

aecc

तीनै प्रमुख जिल्ला अधिकारीले सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो बनाइने बताए ।