विकासतिर अघि बढ्न लागेका के थियौं, कोरोनाले रोकिहाल्योः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विकासतर्फ अघि बढ्न लागेको बेला कोरोना (कोभिड १९) महामारीले रोकेको बताएका छन् ।

मंगलबार संसदमा बोल्ने क्रममा उनले भने, हामी भर्खर विकासको बाटोतर्फ अघि बढ्दे थियौं, हामीले आधार बर्ष भन्यौं, त्यसपछि अगाडि बढ्ने बर्ष भन्यौं, तर यसमा अघि बढ्ने वित्तिकै..., हाम्रा निम्ति मात्रै होइ्न, विश्वकै लागि साझा चुनौति बनेको छ ।

कोरोनाले मानव जातिको अस्तित्वमा चुनौति सिर्जना गर्नुका साथै अर्थतन्त्रमा हमला गरेको छ भन्दै उनले यसले अर्थतन्त्रलाई नै हलचल गर्न नदिएको बताए । महामारीको सामना गर्न सरकारले सुरुदेखि नै ध्यान दिएको भन्दै यसको सामना गरिरँदा हरेक नेपाली एउटा सिपाही भएको बताए । कोरोनाका बारेका रहेक टिप्पणीलाई आफूलाई नकारात्मकरुपमा नलिने ओलीले बताए ।

उनले धनी र शक्तिशाली राष्ट्र पनि यस महामारीबाट प्रतिकुल ढंगले आक्रान्त भएका छन् भन्दै उनले हाम्रोमा प्रतिकुल असर पर्नु अस्वाभाविक होइन् भने । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका प्रयास सत प्रतिशत सफल भन्न म चाहान्न भन्दै तर हाम्रो प्रयास प्रभावकारी भएकैले अन्यन्त्र विकराल रुप लिँदा पनि नेपालमा त्यो स्थिति नआएको बताए ।

Advertisement

Advertisement

Advertisement