इक्विटी फण्ड र ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई प्रतिफल दिने सिद्धार्थ क्यापिटलको घोषणा

Advertisement

काठमाडौँ । सिद्धार्थ म्याचुअल फण्ड अन्तरगत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई ७.५ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरेको छ । 

सिद्धार्थ क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि फण्डका इकाईधनीहरुलाई करसहित ७.५ प्रतिशतका दरले हुन आउने ११ करोड २५ लाख रुपियाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख सञ्चालक अधिकृत सन्दीप कार्कीले जनाएका छन् । 

Advertisement

यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने निर्णय भएको छ । सिद्धार्थ क्यापिटलको हिजै बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुन आउने ६ करोड रुपियाँ प्रतिफल दिने निर्णय गरिएको कम्पनी सचिव कार्कीले जनाएका छन् । 
 

Advertisement

Advertisement