नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २५७ करोड, ६५ करोडको लाभांश

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले आव २०७५।७६ मा आर्जन गरेको भन्दा ७५ करोड अर्थात २२.५९ प्रतिशतले कम हो । आव २०७५/७६ मा बैंकले तीन अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

गत आवमा बैंकको वितरण योग्य नाफा पनि ६५ करोड रुपैयाँ मात्रै देखिन्छ । बैंकले सो अवधीमा एक खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । बैंकले गत आवमा निक्षेपलाई एक खर्ब ४९ अर्बबाट बढाएर एक खर्ब ६६ अर्ब र कर्जा लगानीलाई एक खर्ब २२ अर्बबाट एक खर्ब ३५ अर्ब पुर्याएको छ । 

Advertisement

बैंकको खुद ब्याज आम्दानी भने ५ अबै ७६ करोड रुपैयाँमा खुम्चिएको छ । गत आवको सोही अवधीमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ थियो । १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ कायम छ भने प्रति सेयर नेटवर्थ १९२ रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको कस्ट अफ फण्ड ५.८५ प्रतिशत रहँदा आधार ब्याजदर ७.५१ प्रतिशत छ । स्प्रेड दर ३.९९ प्रतिशत कायम गराउँदा खराब कर्जा २.९१ प्रतिशत छ । सीडी रेसियो भने ७२.९३ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement