सेञ्चुरी बैंकद्धारा उपत्यकाका एटीएम र शाखाहरु ‘डिसइन्फेक्ट’

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले उपत्यका भित्रका एटीएम र शाखाहरु ‘डिसइन्फेक्ट’ गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नै एटिएम तथा शाखाहरुमा जोखिम न्युनिकरणका उपयाय अवलम्बन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंककै निर्देशन बमोजिम उपत्यका भित्रका आफ्ना शाखाहरुमा डिसइन्फेक्ट गरेको बैंकले जनाएको छ । 

बैंकले निषेधाज्ञा अवधीभर उपत्यकामा आलोपालो गरेर दैनिक न्युनतम ४ वटा शाखा कार्यालयबाट सेवा प्रवा गरिरहेको छ । त्यस्तै, अधिकांश एटीएम बुथहरु पनि सुचारु नै छन् । 
‘राष्ट्र बैंकको निर्देशन अनुसार सबै जसो बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना शाखा र एटीएमहरु डिसइन्फेक्ट गरिरहेका छन्, हामीले पनि त्यसलाई निरन्तरता दिईरहेका छौं’, सेञ्चुरीका डेपुटी सिइओ मनोज न्यौपानेले भने । 

बैंकले आफ्ना सेवाग्राहीहरुलाई सकेसम्म डिजिटल प्रविधिको उपयोगमा जोड दिन आग्रह पनि गरेको छ । कोरोनाको जोखिम पनि कम हुने, समयको वचत पनि हुने भएकाले डिजिटल प्रविधिका भुक्तानी सेवा सम्बन्धी सुबिधा उपयोग गर्न बैंकले आग्रह गरेको हो । बैंकले कोरोना संक्रमणको जोखिम कम गर्न स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरेर सेवा प्रवाह गरिरहेको पनि बताएको छ । 

Advertisement

Advertisement

Advertisement