राष्ट्रिय वाणिज्य बैंकको  शाखा सुर्खेतको बिरेन्द्रनगरमा

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आज उद्घाटन गरेका हुन् ।  

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले रावा बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने  बताइन् ।  उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । 

Advertisement

बैंकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा शाखा कार्यालय बिरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

Advertisement

Advertisement