बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच भुक्तानी सम्बन्धि सहकार्य

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।  

सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् । साथै ग्राहकहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नेछन् । 

Advertisement

यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

Advertisement

Advertisement