घट्यो शेयर बजार, २ अर्ब ६३ करोडको कारोबार

Advertisement

काठमाडौँ । साताको दोश्रो दिन आज शेयर बजार घटेको छ । पहिलो दिन हिजो ३ अंकले बढेको शेयर बजार आज भने ६.१२ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६९.०६ अंकमा झरेको छ । 

नेप्सेका अनुसार आज १९५ कम्पनीका ८५ लाख ६५ हजार ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपियाँको कारोबार भएको छ । शेयर बजार घटेको दिन आज उत्पादनमूलक समूहमा मात्रै हरियाली छायो भने बाँकी सबै समूह राताम्मे भए । 

Advertisement

आज नेपाल बैंक लिमिटेड शेयर सबैभन्दा बढी किनबेच भयो । नेपाल बैंकका २१ करोड ३८ लाख ८४ हजार ४ सय ५८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement