तरकारीको भाउ झण्डै अढाई सय प्रतिशतसम्म वृद्धि, कोरोना प्रभावित उपभोक्ता मारमा

Advertisement

काठमाडौं । विगत १० दिनयता काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । ।

असोज ५ गते थोक मूल्य प्रतिकिलो ३३ रुपियाँ रहेको घिरौलाको मूल्य गएको १० दिनमा २४८ प्रतिशतले वृद्धि भई १ सय १५ रुपियाँ पुगेको छ । तिते करेलाको मूल्यमा करीब १७४ प्रतिशतले वृद्धि भई प्रतिकिलो ४२ रुपियाँबाट १ सय १५ रुपैयाँ कायम भएको छ ।

Advertisement

रायोको सागको मूल्य १११ प्रतिशतले बढी प्रतिकिलो ४५ बाट ९५ रुपियाँ पुगेको छ । हरियो फर्सीको मूल्य ९४ प्रतिशतले बढ्दै प्रतिकिलो ३७ रुपियाँबाट ७२ पुगेको छ । भिन्डीको मूल्य ७१ प्रतिशतले वृद्धि भई प्रतिकिलो ६७ बाट १ सय १५ रुपियाँ पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार यति बेला वर्षे तरकारीको सिजन सकिने समय भएकाले तरकारीको मूल्य आकाशिएको हो । वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी राम्रो फल्न सकेन र उत्पादन कम भएको छ । ‘दशैंसम्म तरकारीको मूल्य अझै बढ्ने देखिन्छ,’ उनले भने ।

आर्थिक अभियान देनिकबाट ।

Advertisement

Advertisement