राष्ट्र बैंकले सोमबार ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । 

Advertisement

केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । 

Advertisement

Advertisement