एनआईसी एशिया बैंकद्वारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार आव. २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरिएको हो । 

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि गरिनेछ ।

Advertisement

बैंकले गत आव २०७६/७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १९.२६ प्रतिशत रहेको छ ।  

बैंकको आव २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ । 
 

Advertisement

Advertisement