महुली लघुवित्तले नवकिरणलाई गाभेर शुरु गर्यो एकीकृत कारोबार, सीईओमा पाण्डे नियुक्त

Advertisement

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले नवकिरण लघुवित्तलाई प्राप्ति गरी सोमबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । २०७७ साउन २३ गते महुलीले नवकिरणलाई प्राप्ति गर्ने अन्तिम सम्झौता भएको थियो । 

यसैबीच सञ्चालक समितिको सोमबार नै बसेको बैठकले महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गंगाधर पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

Advertisement

२०७७ मंसिर ८ गतेदेखि २०८१ मंसिर ७ गतेसम्मका लागि पाण्डेलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव सरोजकुमार सिंहले जनाएका छन् । 

Advertisement

Advertisement