सेयर बजारमा उचाई र गिराई होइन्, स्थायीत्वको खोजी

Advertisement

काठमाडौं । शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ । बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी स्थायित्वका लागि नियामक निकाय तथा नीतिनिर्माताका बीच समन्वय हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा. रेवतबहादुर कार्कीले कोभिडका कारण अन्य क्षेत्रमा नकारात्मक असर परिरहेको बेला पूँजी बजारमा देखिएको उतारचढाव अस्वाभाविक रहेको बताएका छन् । देशको अर्थतन्त्र पहिलाको तुलनामा कमजोर भएको र सूचीकृत कम्पनीहरूको प्रगति पनि पहिलाभन्दा कमजोर रहेको अवस्थामा बजार बढ्नु जोखिमपूर्ण हुनसक्ने उनको अनुमान छ । लगानीकर्ताहरू हल्लाको पछि लागेको उनको भनाइ छ । बजार बढ्ने वा घट्ने सम्भावनाका कारण पहिचान नगरी बजार अभैm माथि पुग्छ भन्ने हल्लाको पछि लगानीकर्ता लागेको कार्की बताउँछन् ।

Advertisement

बैंकले सस्तो ब्याजमा सहज कर्जा प्रदान गरेर पूँजी बजारका लागि प्रोत्साहन गरेकाले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि चुनौती थपिएको उनको विश्लेषण छ । यो अवस्थामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेले संयुक्त रूपमा पूँजी बजारबाट कोही पनि नडुब्ने स्थिति बनाउन संयुक्त पहल गर्नुपर्ने सुझाव कार्कीले दिएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा शेयरबजारमा उच्च उतारचढाव आउनुको आधारभूत कारण अन्य क्षेत्रको कारोबारमा सुस्ती आउनु, बैंकमा अधिक तरलतासँगै ब्याजदर घट्नुलाई लिन्छन् । कोभिडका कारण अन्य क्षेत्रहरूमा लगानी गर्ने स्थिति नहुँदा ती क्षेत्रको पैसा पनि पूँजी बजारमा भित्रिएको थापाको भनाइ छ । यति बेला लगानीकर्ताहरूले अर्थतन्त्रको आधारभूत पक्षभन्दा पनि शेयरबजारको आधारभूत पक्षलाई हेरेर लगानी गरेको थापाको अनुमान छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement