अनलाइन फुड फेस्ट आजदेखि, २५ प्रतिशतसम्मको डिस्काउण्ट अफर

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि आजदेखि आयोजना हुँदैछ । फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।

एक सातासम्म संचालन हुने अनलाइन फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्दैछ । सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् । फुडमाण्डूको अनलाइन फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केहि दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।

Advertisement

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम रु. ५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउण्ट अफर दिनेछ । त्यसैगरि कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिनेछ । अनलाइन फुड फेस्टिवलमा कम्पनीले रु. १ मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्नसक्नेछन् । त्यसैगरि फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।

‘अनलाइन फुड फेस्टिवलमा फोनपे मार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ । हामीले अनलाइन फुड फेस्टिवल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जन समेत गर्न चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौं’, कम्पनीका माकेटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले भने । ‘अझ यसपटक हामीले पोखारामा समेत अनलाइन फुड फेस्टिवल आयोजना गर्ने हुँदा थप उत्साहित भएका छौं ।’–उनले भने । 

उनकाअनुसार ग्राहकहरुले अनलाइन फुड फेस्टिवलमा विभिन्न गेममार्फत भारी डिस्काउन्ट समेत प्राप्त गर्नेछन् । फुडमाण्डू अनलाइन फुड फेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन्, जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउनेछन् ।

Advertisement

Advertisement