नेपाल बङ्गलादेश बैंकको ९९औं शाखा भक्तपुर सिरुटारमा

Advertisement

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९औं शाखा संचालनमा ल्याएको छ । 

बैंकले आजबाट भक्तपुर कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथि भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दीपक कार्कीको सभापतित्वमा भएको थियो । 

Advertisement

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको शुभारम्भ पनि प्रमुख अतिथि बस्नेतले गरेका थिए । 

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । 


 

Advertisement

Advertisement