स्पार्क अटोमोटिभ्सले नेपालमा भित्र्यायो एस इक्वीपमेन्टका उत्पादन

Advertisement

काठमाडौँ । स्पार्क अटोमोटिभ्सले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा भित्र्याएको छ । 

एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३(४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यकपर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । 

Advertisement

स्पार्क अटोमोटिभ्स प्रालिको वर्कसप तथा शोरुम काठमाडौं तथा बीरगञ्जमा रहेको छ भने कर्पोरेट अफिस नक्साल,काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री बितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ ।

एस इक्यूपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण,ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री बितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement