‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक, खरिद मुल्यको ८०% सम्म पाइने, ब्याजदर कति ?

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’  सार्वजनिक गरेको छ । 

यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।   

Advertisement

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवम् गुणस्तरिय बंैकिङ सुविधा दिंदै आईरहेको छ । 

Advertisement

Advertisement