वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १५० जनाबाट तीन करोड ठगी

Advertisement

काठमाडौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपियाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।  

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपियाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।  

Advertisement

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपियाँसम्म असुल गरेको थियो। अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपियाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपियाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए।  

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement