सनराइज बैंकको ७१ औं शाखारहित बैंकिङ सेवा पुतलीबजार स्याङ्जामा

Advertisement

काठमाडौँ । सनराइज बैंकले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११, हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

बैंकले पुतलीबजार नगरपालिका वडा नं. ११, हेलु स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललार्ई नियुक्त गरेको छ । गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेको उपस्थिती रहेको थियो । साथै भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो । 

Advertisement

उक्त कार्यक्रममा सन्राइज बैंकका गण्डकी प्रदेश प्रमुखसुजन पौडेल, वालिङ्ग शाखाका शाखा प्रवन्धक ध्रुबप्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।
 

Advertisement

Advertisement