एक दशक पूरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

Advertisement

काठमाडौँ । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पूरा गरेको छ ।

डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा एनडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानल मार्फत दुरदराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् । 

Advertisement

प्लस मूभिसंगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडि प्लस्, डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ । 

Advertisement

Advertisement